Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेभन थ्री स्पोर्ट्सद्वारा क्यानसँग नेपाल टी-२० लिगको सम्झौता रद्द

काठमाडौं । भारतीय कम्पनी सेभन थ्री स्पोर्ट्सले नेपाल टी-२० लिग आयोजनाका सम्बन्धमा नेपाल क्रिकेट संघ (क्यान)सँगको रद्ध गरेको छ ।

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदको सहमति प्राप्त नभएको कारण देखाउँदै सम्झौता रद्ध गरेको पत्र क्यानलाई पठाएको हो ।

गत ९-२७ पुसमा काठमाडौंमा आयोजना भएको नेपाल टी-२० लिग तीव्र विवादित बनेको थियो । नेपाल प्रहरीले गरेको अनुसन्धानमा नेपाल टी-२० लिगमा सेभेन थ्री स्पोर्ट्सकै संलग्नतामा स्पट फिक्सिङ भएको पाइएको थियो ।

नेपाल टी-२० लिग र सेभेन थ्री स्पोर्टससँगको सम्झौता बारेमा पोखरामा बसिरहेको क्यानको बोर्ड बैठकमा समेत छलफल हुँदै छ । क्यानले नेपाल टी-२० लिग आयोजनाका विषयमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षका लागि सम्झौता गरेको थियो ।

भारतीय कम्पनीले क्यानलाई ८ वर्षमा ३३ करोड रूपैयाँ दिने सम्झौतामा उल्लेख छ भने पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ दिने भनिएको छ । तर, अहिलेसम्म कम्पनीले लाइसेन्स शुल्कबापत १ करोड २० लाख रूपैयाँमात्र दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077