Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजश्व कमजोर भएपछि खर्च कटौती, गोष्ठी, सेमिनार र कार्यशाला स्थगित

    राजश्व कमजोर भएपछि खर्च कटौती, गोष्ठी, सेमिनार र कार्यशाला स्थगित

    साढे २४ अर्ब बचत गर्ने अर्थमन्त्रीको योजना

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 411
    SHARES

    काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययीता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ ।

    कोरोना महामारी र रुस–युक्रेन युद्धको प्रभावका कारण अर्थतन्त्रमा चाप परेको भन्दै अर्थ मन्त्रालयले खर्च कटौती र मितव्ययीताका लागि विभिन्न निर्णयसमेत गरेको छ ।



    अर्थले बजेटको २० प्रतिशतसम्मको खर्च कटौति गर्ने निर्णय गरेको हो । यी निर्णय कार्यान्वयनमा आउँदा साढे २४ अर्ब बचत हुने अर्थको दाबी छ। उसले खर्च कटौतीबाट १० अर्ब ५० करोड र खर्च रोक्का राख्दा करिब १४ अर्ब रुपैयाँ बराबरको कार्यक्रम स्थगन हुने जानकारी दिएको छ ।



    लक्ष्यअनुसार राजस्व असुली नभएको, बजेटरी सहायता समयमा प्राप्त नभएको, राष्ट्रसेवकको तलब, निवृत्तभरण र सामाजिक सुरक्षा, रासायनिक मल आपूर्ति र विपद् व्यवस्थापनका लागि बढ्न गएको व्ययभार लगायतका कारणले चालु खर्चको भार बढेको, आन्तरिक ऋणको ब्याजदर बढ्नुका साथै नेपाली मुद्रा अमेरिकी डलरसँग कमजोर हुँदा वैदेशिक ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न विनियोजन गरिएको रकम अपर्याप्त हुन गएकोले सङ्घीय सञ्चित कोष ९० अर्ब रुपैयाँ ऋणात्मक अवस्थामा रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ मा भएको व्यवस्था बमोजिम विभिन्न निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै नेपाल सरकारको स्रोत तर्फका सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला हाललाई स्थगन गर्ने र फर्निचर र नयाँ सवारी साधन खरीद शीर्षकमा विनियोजित रकम खर्च नगर्ने गरी हाललाई रोक्‍का राख्‍ने निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार