Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना, तराईंमा हुस्सु र कुहिरो

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले तराईका विभिन्न भागमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भागमा आंशिक बदली भई हिमपातको सम्भावना रहेको छ ।

बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति पनि प्रदेश १, बागमती, गण्डकीमा हल्का हिमपातको सम्भावना छ ।

यसैक्रममा जल तथा मौसम विज्ञान विभागले अब तापक्रम क्रमशः बढ्दै जाने बताएको छ। तापक्रम बढ्दै जाँदा चिसो घट्दै जानेछ ।

हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077