Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

क्यानको निर्वाचन जेठमा हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी जेठमा हुने भएको छ । क्यानको पोखरामा मंगलबार बसेको बैठकले जेठमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचनको मिति भने आगामी फागुन १४ र १५ गते सुर्खेतमा हुने साधारणसभाले मिति तय गर्ने क्यानले जनाएको छ ।

यसअघि क्यानको साधारण सभा असोजको १० र ११ गते भएको थियो। त्यो साधारण सभामा बनेको निर्वाचन समितिको चार वर्ष आगामी असोजमा पुग्ने भए पनि विवादका कारण साधारण सभा अघि सारिएको छ।

क्यानको नयाँ निर्वाचनका लागि दुई धार तयार भएका छन् । असोक नाथ प्याकुरेलको टोलीले क्यानको बोर्ड सदस्य सहित राजीनामा दिएपछि क्यानमा दुई धारको चर्चा चलेको थियो ।

अहिले अध्यक्ष चन्दको एक धार र असोक नाथ प्याकुरेरको अर्काे धार बनेको छ। अहिले क्यानको निर्वाचनका लागि पूर्व कप्तान पारस खड्काले पनि तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077