Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचनमा अन्तरघात गर्नेसँग स्पष्टीकरण लिँदै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा घात अन्तरघात गर्नेहरुमाथि स्पष्टीकरण सोध्ने कामलाई तीब्रता दिएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापा संयोजकत्वको छानबिन समितिले जिल्ला जिल्लामा पुगी निर्वाचनको समयमा पार्टी हित विपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरुको विवरण संकलन गर्ने र बयान लिने कार्य गरिरहेको हो ।

पार्टीको राजनीतिक समितिको बैठकले छानबिन समितिलाई आफ्नो कार्य सम्पन्न गर्न माघ मसान्तसम्मको समयसीमा दिएको छ ।

सोही अनुसार समितिको टोलीले मोरङ, सप्तरी, सिराहा, महोत्तरी र धनुषामा पुगी आरोपितहरुबारे सत्यतथ्य बुझ्ने कार्य गरिरहेको जसपाले जनाएको छ। टोली बुधबार सर्लाहीको मलंगवा पुगेको छ।

पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यदेखि स्थानीय तहका नेताहरुमाथि निर्वाचनमा अन्तरघातको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077