Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एजेन्डा र भागबण्डाको लफडाले सत्ता गठबन्धन धरापमा

    एजेन्डा र भागबण्डाको लफडाले सत्ता गठबन्धन धरापमा

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 420
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वर्तमान सात दलीय गठबन्धनभित्र राजनीतिक एजेन्डा र शक्ति भागबण्डाको जुहारीले सत्ता साझेदारी धरापमा पर्ने देखिएको छ ।

    संसद्को तेस्रो दल नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको सरकारमा सहभागी दलहरूबीच एकातिर राजनीतिक एजेन्डामा मतभेद र अर्कोतिर गृहमन्त्री र राष्ट्रपति लेनदेनमा कुरा नमिलेपछि गठबन्धन जोगाउन चुनौती बढेको हो ।



    बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्ने अधिकांश सांसदहरूले आ–आफ्ना राजनीतिक एजेन्डा स्थापित गराउने तर, अरूका तर्कलाई छेदन गर्ने गरी प्रस्तुत भए । एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले मन्त्रिपरिषद्का सदस्यले नै संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै विरोध जनाए ।



    प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले संविधान कार्यान्वयन गर्ने ठाउँ सरकारमा बसेर संविधानकै विरुद्धमा बोल्नु अनुचित भएको बताए ।

    सरकारमा बसेर संविधान विरोधी अभिव्यक्ति दिने काम स्वीकार्य नहुने भन्दै उनले भने– ‘मन्त्रिपरिषद्मा बसेर संविधानको बर्खिलाप गर्ने कुरा गलत हो । संघीयता र धर्मका विषयलाई लिएर सरकारमा बस्नेहरूले नै संविधानमाथि टिप्पणी गर्नु देशलाई विभाजनतर्फ लैजानु हो ।’

    संविधानको मार्ग निर्देशनबाट बनेका सरकारका सदस्यले गरेको टिप्पणीलाई सामान्य रूपमा लिन नसकिने पन्तको भनाइ थियो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार