Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । बिहानैदेखि तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ ।

देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ ।

विभागले आज दिउँसो प्रदेश– १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रहने जनाएको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश– १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले तराईका भू–भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077