Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चीनले आफ्नो आकाशमा गुप्तचरी गरेको अमेरिकाको दाबी

एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा चीनले गुप्तचरी गरेको आरोप लगाएको छ ।

केही दिन यता निकै माथि उचाईमा एउटा बलुन उडिरहेको भन्दै अमेरिकी रक्षा मन्त्रालयले उक्त बलुन चिनियाँ गुप्तचरी भएको दाबी गरेको हो ।

रक्षा मन्त्रालयले बुधबार मोन्टानाको पश्चिमी राज्यमा देखा परेको बेलुनलाई गोली हानेर खसाल्ने विचार गरे पनि भग्नावशेषमा के हुन सक्छ भन्ने चिन्ताले त्यसो नगर्ने निर्णय गरेको जनाइएको छ।

फिलिपिन्स भ्रमणमा रहेका रक्षामन्त्री लोयड अस्टिनले बुधवार यस विषयमा छलफल गर्न वरिष्ठ रक्षा अधिकारीहरूको बैठक बोलाएका थिए । पेन्टागनले धेरै दिनदेखि बेलुनलाई ट्र्याक गरिरहेको छ। बेलुन अमेरिकाको उत्तरी आकाशमा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077