Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली यू–१९ क्रिकेट टिम प्रशिक्षणका लागि पोखरा प्रस्थान

काठमाडौं । आईसीसी एसियन क्वालिफायर्सको तयारी गरिरहे नेपाली यू–१९ टिम प्रशिक्षणका लागि पोखरा प्रस्थान गरेको छ ।

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण तथा आउँदै गरेको त्रिकोणात्मक सिरिजका कारण त्रिवि मैदान उपलब्ध नहुने भएपछि यू–१९ टिम पोखरा गएको हो ।

राष्ट्रिय सिनियर टिमको प्रशिक्षण र प्रतियोगितालाई ध्यानमा राखि यू–१९ प्रशिक्षण प्रभावित नहोस् भनेर पोखरामा अभ्यास गर्न लागेको जनाइएको छ । १० देखि १२ दिनका लागि टिमले पोखरा क्रिकेट मैदानमा प्रशिक्षण गर्ने छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँगको त्रिकोणात्मक शृंखलाका लागि सिनियर टिमले त्रिवि मैदानमा अभ्यास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077