Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीबाट लागूऔषधसहित एकजना पक्राउ

कैलाली । कैलालीको एक होटलबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ बसपार्क स्थित पहाड लाईनमा रहेको धनबहादुर बुढाले सञ्चालन गरेको छब्बिसपाथिभरा बझाङ होटलबाट छब्बिसपाथिभारा–६ का २९ वर्षीय सत्यनारायण फुलारा रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) बाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ परेका फुलाराको साथबाट चरेस जस्तो देखिने कालो वस्तु एक किलो ५ ग्राम बरामद गरिएको छ ।

पक्राउ परेका फुलारालाई अहिले ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077