Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । बंगलादेशमा सुरु साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ ।

ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

बंगलादेशको सिपाही मुस्तफा कमल रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन अक्लिमा खातुन, कप्तान सामसुनहर, सहिदा अख्तर रिपाले गोल गरे । नेपालकी मनमाया दमाईले एक गोल फर्काएकी थिइन् ।

आजै भएको पहिलो खेलमा भारतले भुटानमाथि १२-० को फराकिलो जित निकालेको थियो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश गरी चार टिमको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077