Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । देशका हिमाली भेगमा शनिबार हिमापातको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको र देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार तराई क्षेत्रमा भने हुस्सुरकुहिरो लागेको छ ।

शनिबार दिउँसो प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

हिमपात तथा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077