Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री विवादबारे माधव नेपालले भने– बोल्न जरुरी छैन,गर्नेले के के गर्छन् गर्छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गृहमन्त्रीबारे कुनै टिप्पणी नभएको बताएका छन् ।

सिहंदरबारमा नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकबाट बाहिरिने क्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने,‘गृहमन्त्रीबारे अहिले हामीले बोल्ने केही छैन् अहिले हामी हेरेर बस्ने हो यसमा हाम्रो टिप्पणी छैन् । बोलेर के गर्ने हो र ? गर्नुपर्नेले के के गर्छन् गर्छन् ।’

नागरिकता मुद्दामा सर्वाेच्च अदालतले रवि लामिछानेलाई दोषी ठहर गरेपछि गृहमन्त्री पद रिक्त छ। तर प्रक्रिया पूरा गरी नागरिकता लिएपछि लामिछानेले पुनः आफूलाई नै गृहमन्त्री बनाउन सत्ता साझेदार दललाई दबाब दिइरहेका छन्।

तर लामिछानेविरुद्ध राहदानी विवाद पनि बाँकी नै रहेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नै यस विषयमा निर्णय गर्न नसकेका हुन्।

उनले राष्ट्रियसभा उपाध्यक्षमा आफनो पार्टीको दाबी नभएको बताए। उनले विपक्षी दलबाट सबै दलसँग कुरा बुझेर साझा उम्मेदवार उठाउने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077