Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सत्ता साझेदार दलहरुबीच ब्यापक विवाद देखियो : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री प्रकरणमात्र नभएर सरकारमा सहभागी दलहरुबीच सैद्धान्तिक विषयमै व्यापक विवाद देखिएको बताएका छन् ।

उनले अहिलेको सत्ता साझेदार दलहरुबीच सैद्धान्तिक र वैचारिक विषयमा व्यापक विवाद देखिएको टिप्पणी गरेकोका हुन् ।

लेखकले गृहमन्त्रीको बारेमा सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक रूपमा विवाद देखिएको र यो विषय संसद्मा पनि विषय उठेको बताए ।

कांग्रेस सभापति देउवासहित माधव कुमार नेपाल र महन्थ ठाकुरबीच भएको छलफलमा पनि सत्ता साझेदार दलहरुबीच बढिरहेको दूरीका सन्दर्भमा छलफल भएको थियो ।

पूरानै गठबन्धन व्युँताउन सकिने बारेमा नेताहरु छलफलमा छन् । बैठकपछि नेकपा एसका अध्यक्ष माधव नेपालले गृहमन्त्री रवि लामिछाने नै फर्किन चाहेको र प्रधानमन्त्री दबाबमा परेकोबारे अहिले आफूले केही बोल्दा विग्रने भन्दै पर्खिएर हेर्न ठिक हुने बताए । अर्का नेता महन्थ ठाकुरले भने कानून बमोजिम हुनुपर्ने टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077