Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेश सभा बैठक : १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

मकवानपुर । बागमती प्रदेशसभाले कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ ।

प्रदेशसभाको आइतबार बसेको बैठकले १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गरेको हो ।

प्रदेशसभाको काम कारबाही, बैठकको कार्यसूची तथा आवश्यकताका आधारमा सभामुखलाई सघाउन उक्त समिति गठन गरिएको हो ।

जसमा ओमकुमारी श्रेष्ठ, आन्दकुमार श्रेष्ठ, कुन्दनराज काफ्ले, छिरिङ दोर्जे लामा, मधुसुदन पौडेल, भारती पाठक, रत्नप्रसाद ढकाल, राधिका तामाङ, रामकृष्ण चित्रकार, शैलेन्द्रमान ब्रर्जाचार्य, सुरेन्द्रराज गोसाईँ, र हरिप्रभा श्रेष्ठलाई कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरिएको हो।

प्रदेश सभा बैठक अब भोलि (सोमबार) दिउँसो १२ बजे बस्ने गरी स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077