Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टर्की भूकम्प अपडेट : १७ जनाको मृत्यु

एजेन्सी । टर्कीमा गएको शक्तीशाली भूकम्पमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ। टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको हो।

अमेरिकी भौगोर्भिक सर्वेक्षणले स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गजिएन्टेप सहरको १७.९ किलोमिटर नजिक ७.८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का टर्कीको राजधानी अंकारा र अन्य सहरमा पनि महसुस गरिएको छ । टर्कीका आन्तरिक मन्त्री सुलेमोन सोयलुले भूकम्पका कारण १० सहर प्रभावित भएको बताएका छन्।

भूकम्पका कारण गाजिएन्टेप, कहरामनमारास, हाते, उस्मानी, अहियामान, मालत्या, सानलिउर्फा, अडाना, दियारबाकिर र किलिस सहर प्रभावित भएको छ। गाजियन्टेपको उत्तर–पूर्वी, दियारबाकिरमा रहेको एक सपिङ मल भत्किएको छ।

भूकम्पकोे धक्का सिरिया, लेबनान र साइप्रसमा पनि महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077