Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टर्की भूकम्प अपडेट : मृतकको संख्या ९० पुग्यो, संकटकाल घोषणा

एजेन्सी । टर्कीको दक्षिण-पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी टर्कीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

बीबीसीले जनाए अनुसार ७.८ म्याग्नीच्यूडको भूकम्पमा परी टर्कीमा मात्र ५० जनाको मृत्यु भएको हो ।

अमेरिकी भौगोर्भिक सर्वेक्षणले स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गजिएन्टेप सहरको १७.९ किलोमिटर नजिक ७.८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पले भौतिक संरचना भत्कँदा टर्की र सिरियामा हालसम्म ९० जनाको मृत्यु भइसकेको टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

भूकम्पका कारण सिरियामा पनि ४२ जनाको मृत्यु भएको छ ।

टर्की केन्द्रविन्दु रहेको भूकम्पको धक्का लेबनान, सिरिया, साइप्रस, इजरायल र प्यालेस्टाइनमा पनि महसुस गरिएको छ ।

घटनाको विस्तृत विवरण भने आउन बाँंकी रहेकाे छ । यसैबीच, टर्की सरकारले भूकम्पपछिको उद्धार र ब्यवस्थापनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077