Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नेपाल–भारत रेलसेवा सञ्चालनको माग गर्दै आन्दोलनको घोषणा

काठमाडौं । नेपाल-भारत रेलसेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोसी ब्यारेजका स्थानीयले आन्दोलन गर्ने भएका छन् ।

सोमबार कोसी ब्यारेजस्थित नेपाल-भारत सीमामा बसेको दुई देशीय प्रतिनिधिहरुले रेल सेवा सञ्चालनको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका हुन् ।

रेलसेवा सञ्चालनको लागि भारतीय पक्षले नेपाल पक्षको समेत समर्थन जुटाएर संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् ।

सन् २०११ मा समपन्न कोसी सम्झौताअनुसार २०१६ देखि २०४० सम्म भारतको भीमनगर हुँदै धरानको फुस्रेसम्म सञ्चालित रेल्वे ट्रयाक प्रयोग गरी पुनः रेल सञ्चालनमा ल्याउन दबाब सिर्जना गर्नेगरी आन्दोलन गर्न लागेको भारतीय रेल आन्दोलन संघर्ष समितिका अध्यक्ष मोहनप्रसाद रस्तागीले बताए ।

भीमनगरसम्म रेल मार्ग जोडिनुपर्ने भन्दै एक दशकयता सो क्षेत्रका बासिन्दा भारत सरकार बिरुद्ध संघर्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077