Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अस्थिर राजनीतिक घटनाक्रमले गर्दा विदेशी चलखेल बढ्यो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको अस्थिर राजनीतिक घटनाक्रमले गर्दा विदेशी चलखेल र प्रभाव बढेको बताएका छन् ।

सत्ताको फोहरी खेलमा लिप्त भई दलहरुबाट विदेशी प्रभाव र चलखेललाई आमन्त्रण गरिनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।

स्थिरता, समृद्धि र परिवर्तनका लागि जनताले आफ्नो मतदानबाट छनोट गरेका राजनीतिक दलहरुले सत्ताको छिनाझम्टिमा आफूलाई केन्द्रित गर्नुबाट मुलुक थप संकटग्रस्त बनेको थापाको भनाई छ ।

आफू सत्तामा पुग्न र टिक्न विदेशी शक्तिको आशिर्वाद खोज्ने प्रवृत्तिको अन्त्य अहिलेको आवश्यकता भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077