Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपा र नागरिक उन्मुक्तिले गर्‍यो कुमार लिङ्देन नेतृत्वको दलसँग एकताको प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव गर्दै पत्र पठाएको छ। उपेन्द्र यादव नेतृत्वको जसपाले कुमार लिङ्देन नेतृत्वको संलोरामलाई पार्टी एकताका लागि औपचारिक पत्र पठाएको हो ।

जसपाले गठन गरेको एकता वार्ता समिति संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी एकताका लागि पत्राचार गर्दै औपचारिक आह्वान गरेका हुन् ।

सोमबार पार्टीको तर्फबाट वार्ता समितिका संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठद्वारा प्रेषित पत्रमा, ‘देशले आज श्रमजीवी तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरुबीच एकता खोजिरहेको छ।

एकताले देशमा परिवर्तनकारी राजनीतिक अजेण्डाहरु स्थापित गर्न, देशलाई अग्रगमन तर्फ डोर्‍याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पीरदलित, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकुल बनाउन सकिने’, उल्लेख गरिएको छ ।

नीति, सिद्धान्त र विचार मिल्ने दलहरूसँग पार्टी एकताका लागि ठोस कदम अगाडि बढाउने भन्दै जसपा राजनीतिक समितिको गत पुस १८ र १९ गतेको बैठकले निर्णय गरेको थियो ।

यसैगरी काराकारमा बन्दी जीवन बिताइ रहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले समेत सङ्घीय मञ्चलाई कार्यगत एकता अथवा पार्टी एकीकरणको प्रस्ताव राख्दै औपचारिक पत्र पठाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077