Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचिसहित)

काठमाडौं । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको हो ।

मङ्गलवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) व्यवासायिक वातारणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको बताइन् ।

त्यस्तै सरकारले वाग्मती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर नगपालिकाको वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको भारतमा आयोजना हुने नेपाल भारत विद्युत सम्झौता संयुक्त कार्य सञ्चालक समितिको १० औँ बैठकमा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई जान स्वीकृति दिने निर्णय पनि गरेको छ ।

फागुन १ गतेदेखि ५ गतेसम्म हुने भारत भ्रमणका लागि रक्षामन्त्रीलाई जान स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।

यी हुन मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077