Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टी-२० लिग : स्पट फिक्सिङको आरोपमा थप एकजना पक्राउ

काठमाडौं । नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको सीआईबीको टोलीले थप एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका नितेश गुप्ता रहेका छन् ।

सीआईबीका अनुसार उनलाई केही दिन अघि वीरगन्जबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

ब्युरोले यसअघि दुई जनालाई पक्राउ गरेको थियो । पूर्वखेलाडी मेहबुब आलम र अहिलेका खेलाडी आदिल आलम पक्राउ परेका थिए ।

स्पट फिक्सिङमा संलग्न चार नेपाली मध्ये तीनजना पक्राउ गरेर अनुसन्धान भइरहेको छ भने एकजना नेपाली र ६ जना भारतीय अझै फरार रहेको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077