Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि लामिछानेलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै सरकारी वकिल कार्यालयमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको राहदानीसम्बन्धी कसूरको जाहेरी प्रहरीले नलिएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन परेको छ ।

मंगलबार युवराज पौडेलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा लामिछानेविरूद्धको जाहेरी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले दर्ता नगरेको भन्दै निवेदन दिएका हुन् ।

उनले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ५ बमोजिम कार्यालयमा निवेदन दिएका हुन्।

'राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसूर भएको हुनाले वारदात भएको मितिमा तत्काल प्रचलित रहेको राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) को व्यवस्था अनुसार निज कसूरदार रवि लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानून बमोजिम मुद्दा चलाई कारबाही गरी पाऊँ,' निवेदनमा उल्लेख छ।

उनले ५ वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानुन बमोजिम मुद्दा चलाएर कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077