Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ यू–२० महिला च्याम्पियनसिप : उपाधिका लागि नेपालले बंगलादेशसँग भिड्ने

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले उपाधिका लागि घरेलु टिम बंगलादेशसँग भिड्ने भएको छ ।

मंगलबार भएको लिग चरणको अन्तिम खेलमा भुटानमाथि ५–० को सहज जित निकाल्दै बंगलादेशले उपाधिका लागि नेपालसँगको भेट पक्का गरेको हो ।

बंगलादेशको जितमा कप्तान सामसुनहरले ह्याट्रिक गर्दा मस्त अक्लिमा खातुनले दुई गोल गरिन् । बंगलादेश समूहको शीर्ष स्थानमा रहँदा नेपाल ६ अंकसहित दोस्रो स्थानमा रह्यो ।

यसअघि आजै भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077