Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रहरीमा बिकृति : विवादास्पद घुमुवालाई आइजीपीको साथ, जिल्लाका एसपी निरीह बन्दै

पर्सा। नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयबाट हिमाली आइटमदेखि विभिन्न खरिदमा सार्वजनिक खरिद ऐन नियमलाई छल्न टुक्रा टुक्रा खरिद गरिएको छ ।

गुणस्तर फेल भएका डीएमएस बुटदेखि म्यादी प्रहरीको पोशाक र म्याट्रेस प्रहरी मुख्यालयको प्रबन्ध निर्देशनालयबाटै सेटिङ गरी जिल्ला जिल्लाबाट खरिद गर्ने क्रम रोकिएको छैन ।

पछिल्लो समय १९ वटा जिल्लामा हिमाली आइटमको खरिदको ठेक्का पनि राजमान मिश्रसँग केन्द्रमै सेटिङ गरी जिल्ला जिल्लाबाट भुक्तानी गरिएको तथ्य खुलेको छ । डेढ महिनाअघि ४ करोड २० लाखको हिमाली आइटमको ठेक्का प्रबन्ध निर्देशनालयबाट जिल्ला जिल्लामा मिश्रबाटै खरिद गर्न निर्देशन दिइएको र त्यसको भुक्तानी समेत भइसकेको छ । मोटो कमिसन प्रबन्धकै हाकिमहरुमार्फत् आइजीपी धिरजप्रताप सिंहलाई दिनेगरी हिमाली आइटमको ठेक्का मिश्रले पाएको स्रोतको दाबी छ ।

जुन प्रकरणमा आइजीपी सिंह र प्रबन्धका तत्कालिन डिआईजी दिपक थापामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ। कार्यकाल करिब २ महिना पनि नभएकाले आइजीपी सिंहले कमाउधन्दालाई तीव्र पारेका छन् ।

मधेश प्रदेशका पर्सा र बारामा आइजीपी सिंहले बरिष्ठ सईको नेतृत्वमा केन्द्रबाटै हस्तक्षेप गरी घुमुवा राखेका छन् । बारामा बरिष्ठ सई सागर राणा र पर्सामा विनोद सिंहलाई परिचालन गरिएको छ । आईजीपी सिंहले वडा प्रहरी कार्यालय बिर्तामा आफू निकट र सेटिङमा माहिर इन्सपेक्टर बिदुर प्रसाद सिवाकोटीलाई काज सरुवा गरेका छन्। सिवाकोटी सई हुँदा पर्सामा पनि बसेर काम गरेका थिए।

[insert page='195992' display='yopanipadhnuhos.php']

स्रोतका अनुसार प्रहरी मुख्यालयबाटै आइजीपीको संरक्षण पाएकाले मधेश प्रदेशका प्रहरी प्रमुखदेखि बारा तथा पर्साका एसपीले समेत सईको गतिबिधिमाथि निगरानी गर्न सक्दैनन् ।

पर्सामा राखिएका घुमुवा बरिष्ठ सई विनोद सिंहको बारेमा धेरै गुनासो आएपछि यसअघिका पर्साका एसपी रमेश बस्नेतले एक्सन लिन खोज्दा माथिकै आशीर्वाद भएकाले उनी हच्किएका थिए ।

पर्साको एसपी हुँदै मधेश प्रदेशमा डीआइजी भएका आइजीपी सिंहलाई तस्करीदेखि सबै बिषयको जानकारी भएकाले पनि उनले मुख्यालयबाट सोझै नखटाई सोही स्थानमा काम गरेका प्रहरीलाई नै खटाएका छन् ।

बारामा आर्थिक लेनदेन, चेक बाउन्स, तस्करी सेटिङमा आइजीपीकै घुमुवाको बोलवाला रहने गरेको स्वयम प्रहरीहरु नै बताउँछन् ।

नाकाबन्दीको पालामा राजबाबु श्रेष्ठ हुँदा राति राति तस्करी गराएर अकूत लाभ लिएको आरोप पनि घुमुवा प्रहरीहरुमाथि लाग्ने गरेको छ ।

त्यसो त घुमुवा प्रहरीले नै बालकृष्ण पोखरेलको साझा ट्रान्सपोर्ट कम्पनीलाई तस्करीमा सघाउने गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077