एजेन्सी । ‘जासुसी बेलुन’को भग्नावशेष चीनलाई फिर्ता गर्न अमेरिकाले अस्वीकार गरेको छ ।
ल्याटिन अमेरिकाको आकाशमा गत शुक्रबार (३ फेब्रुअरी) देखिएको उक्त बेलुनको भग्नावशेष चीनलाई फिर्ता गर्न अमेरिकाले अस्वीकार गरेको हो ।
शुक्रवार ल्याटिन अमेरिकामा देखिएको बेलुन आफ्नो भएको स्वीकार्दै चीनले त्यसलाई विशुद्ध मानवीय प्रयोजनका लागि छाडिएको जनाएको थियो । उही समयमा चीनले बेलुनको भग्नावशेष उनीहरूलाई फिर्ता गरिदिनुपर्ने बताइएको थियो ।
उक्त बेलुनको भग्नावशेष चीनलाई अमेरिकाले फिर्ता गर्न अस्वीकार गरेको बताइएको छ । अमेरिकी सेनाले बेलुनको भग्नावशेष संकलनको प्रयासलाई तीव्र पारेको छ ।