Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हवाई सेवा सुरक्षित बनाउने सम्बन्धी रिटमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

काठमाडौं । हवाई सेवा सुरक्षित बनाउन संरचनागत सुधारको मागसहित परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ।

हवाई सेवा सुरक्षित बनाउन विद्यमान कानून, नीति तथा मापदण्डहरुमा आवश्यक संशोधन गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले लिखित जवाफ माग गरेको हो ।

उनले अहिलेको कानून, नीति र मापदण्ड नै सुधार गर्न आदेशको माग गरेका थिए।

रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले यस विषयको गम्भीरतालाई विचार गरी अग्राधिकार प्रदान गरी विपक्षीसँग लिखित जवाफ माग गरेको अधिवक्ता दिनेश त्रिपाठीले बताए ।

विमानस्थल निर्माण, सञ्चालन गर्ने र उड्डयन क्षेत्र नियमन गर्ने निकाय फरकफरक हुनुपर्ने गरी कानूनी व्यवस्था गर्न रिटमा माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077