Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विप्लव नेतृत्वकाे पार्टीद्वारा देशव्यापी विरोध प्रदर्शनकाे घाेषणा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो।

पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीले आगामी फागुन ५ र १५ गते चर्को महंगीका विरुद्धमा देशव्यापी विरोध गर्ने बताए।

उनले भने, ‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्नेछौं ।’

प्रवक्ता विश्वकर्माले जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077