Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको ब्याज दर यथावत् रहने

काठमाडौं । नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले निक्षेपको ब्याज दर यथावत राख्ने निर्णय गरेको छ।

संघले फागुनमा वाणिज्य बैंकको निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो। अहिले साधारण मुद्दतीको ब्याज दर ११ प्रतिशत छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्नका लागि भोलि बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकिसकेको छ।

भोलि मौद्रिक समीक्षा गरेमा र नीतिगत दरहरु घटाएको अवस्थामा भने बैंकरले आज भएको सहमतिलाई शुक्रबार साँझ पुनरवलोकन गर्ने योजना बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077