Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

आज जंगी अड्डामा भएको कार्यक्रममा प्रधान सेनापति शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को माघ २३ गते भएको निर्णयअनुसार भट्टलाई उपरथी दर्जामा पदोन्नति गरेको थियो ।

दर्ज्यानी चिह्न प्रदान गरिएसँगै भट्टराईलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ।

त्यसैगरी, सहायक रथी दर्जामा बढुवामा भएका अर्का एक सैनिक अधिकृत र महासेनानी दर्जामा बढुवा भएका चार जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077