Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संघीयता खारेजीको माग गर्दै जनमोर्चाले बुझायो ज्ञापन पत्र

    संघीयता खारेजीको माग गर्दै जनमोर्चाले बुझायो ज्ञापन पत्र

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 534
    SHARES

    विराटनगर । राष्ट्रिय जनमोर्चा १ नं प्रदेश समितिले संघीयता खारेजीको माग गर्दै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

    बिहीबार मुख्यमन्त्रीको कार्यालय पुगेको राजमो प्रदेश अध्यक्ष अमृतबहादुर पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले संघीयता खारेजीलगायतका माग समेटेर १० बुँदे ज्ञापन पत्र बुझाएको हो।



    ‘कुनै पनि दृष्टिकोणले संघीयता नेपालका लागि उपयुक्त प्रणाली होइन। संघीयताका कारण गणतन्त्र र राष्ट्रियता दुईटैमाथि खतरा उत्पन्न भएको छ। गणतन्त्र तथा राष्ट्रियताको रक्षाका लागि संघीयता खारेज गर्नुपर्ने आवश्यकता छ’ जनमोर्चाले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।



    विराटनगरस्थित मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश बाहिर रहेकाले मुख्यमन्त्री कार्यालयका प्रतिनिधिलाई सो ज्ञापन बुझाइएको नेता हरिकान्त शर्माले जानकारी दिए।

    ज्ञापन पत्रमा संघीयता खारेजीसँगै गणतन्त्र र राष्ट्रियताको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार