Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेमकिपा र राजमोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

    नेमकिपा र राजमोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 555
    SHARES

    काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराए ।



    नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सांसद छन् ।



    प्रचण्ड १० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार