Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपा सडकमा

    नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपा सडकमा

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 600
    SHARES

    काठमाडौं । नेपाल किसान मजदुर पार्टीले नागरिकता विधेयक प्रमाणीकरण भएको विरोधमा प्रदर्शन गरेको छ ।

    आइतबार पार्टीका सङ्गठनका नेता, कार्यकर्ताहरूले नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरीत भएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।



    नेमकिपाले बिहान कोटेश्वरमा जम्मा भई जुलुस निकालेको हो । प्रदर्शनका क्रममा उनीहरुले नेपाली लेण्डुपहरु मुर्दावाद, देशभक्त नेपाली एक होऔँ, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा लगाएका थिए ।



    राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार