Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डको टोली नेपालमा

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र नामिबियासम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डको राष्ट्रिय टोली नेपाल आइपुगेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन २ गते देखि सुरु हुने सिरिजका लागि स्कटल्यान्डको टोली बिहीबार नेपाल आएको हो। स्कटल्यान्डको टोलीले भोलि शुक्रबारदेखि मुलपानी क्रिकेट मैदानमा अभ्यास गर्नेछ।

लिग २ को सिरिज अन्तर्गत स्कटल्यान्डको यो अन्तिम लिग हो। स्कटल्यान्डले ३२ खेलमा २२ मा जित, ८ मा हार भोग्दै ४६ अंक जोड्दै शीर्ष स्थानमा छ। स्थानमा रहेको स्कटल्यान्डले एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ।

यता लिगका २४ खेल खेलेको नेपालले मात्र ८ खेलमा जित र १४ खेलमा हार भोग्दै १८ अंकमा छैटौं स्थानमा छ। ३० खेल खेलेको नामिबियाले १८ खेलमा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ। नामिबियाको टोली दुई दिनपछि आउने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077