Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १२.४३ अंकले वृद्धि भएर नेप्से २१८२.६१ बिन्दुमा आएर रोकिएको छ ।

बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । आज दुई सय ५७ वटा कम्पनीका ५६ लाख ४८ हजार कित्ता सेयर दुई अर्ब छ करोड २० लाख रुपैयाँमा कारोबार भएका छन् ।

यस्तै, आज सबैभन्दा धेरै बारही हाइड्रोपावर कम्पनीको सेयरधनीले कमाएका छन् भने नबिल ब्यालेन्स्ड फण्ड-३ का सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।

यसदिन म्युचुअल फन्ड समूहको बाहेक सबै समूहको परिसूचक वृद्धि भएको छ । म्युचुलअ फण्ड समूहको परिसूचक ०.१६ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077