Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दलका कार्यकर्ता राष्ट्रपति हुँदा दुःख पाइयो, अब सर्वमान्यमा सहमति जुटाऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी केन्द्रीय समितिलाई भर्चुअल मार्फत सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले कांग्रेस, एमाले, माओवादी तथा सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताए । अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव नजिकिँदै गएकाले छिटोभन्दा छिटो सहमति गरेर जानुपर्ने उनको भनाई छ ।

विगतका राष्ट्रपति रामशरण यादवदेखि विद्यादेवी भण्डारीसम्मले संविधान मिच्दा समस्या भोगेको समेत बैठकमा प्रचण्डले स्मरण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077