Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपलाई समेट्दै एकदिवसीय शृंखलाका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौं । सन्दीप लामिछानेलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय घोषणा गरेको छ ।

क्यानले बिहीबार पूर्वकप्तान सन्दीपलाई समेट्दै १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा पहिलोपटक सूर्य तामाङ पनि परेका छन् ।

गत भदौमा नाबालिग बलात्कारको आरोपछि निलम्बनमा परेका सन्दीपलाई दोस्रो चरणको बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघले समावेश गरेको थियो ।

आगामी मंगलबारबाट त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्ड, नामिबिया र नेपाल सम्मिलित शृंखलाका लागि बिहीबार घोषित टिममा सन्दीपलाई पनि समावेश गरेको क्यानले जानकारी दिएको छ।

रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टिम कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुल्शन झा, भीम सार्की र सूर्य तामाङ छन् ।

यस्तै, आरिफ शेख, प्रतिश जिसी, श्याम ढकाल र अर्जुन साउद वैकल्पिक खेलाडीको सूचीमा छन्। घरेलु मैदानमा हुन लागेको यो प्रतियोगितामा नेपालका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि डेब्यू गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077