Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी महिला टी-ट्वान्टी विश्वकप आजबाट

एजेन्सी ।आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप आज शुक्रबार सुरु हुँदैछ ।

दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिका र श्रीलंका खेल्दै छन् ।

केपटाउनको न्युल्याण्डस्मा हुने खेल नेपाली समयअनुसार राति १०ः ४५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ ।  दुई समूहमा शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

१० टोली सहभागी भएको प्रतियोगिता २६ फेब्रुअरीसम्म हुनेछ। १० टोलीलाई समूह ‘ए’ र समूह ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साविक विजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन्। त्यस्तै समूह ‘बी’ मा इंग्ल्याण्ड,वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077