Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपुरबाट हुने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिज कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने जनाएको छ ।

सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ । सिरिजका लागि नेपालले रोहित कुमार पौडेलको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ ।

नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुन: खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077