Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विवाह बन्धनमा बाँधिए निहारिका र शिवराज

    विवाह बन्धनमा बाँधिए निहारिका र शिवराज

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 654
    SHARES

    जनकपुरधाम । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् ।

    उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् । उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन् ।



    बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् ।



    तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।

    मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार