Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सहयोग गर्न खोज्दा नराम्रोसँग फसिन् करिश्मा, उजुरी दिँदै निहारिका

    सहयोग गर्न खोज्दा नराम्रोसँग फसिन् करिश्मा, उजुरी दिँदै निहारिका

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर गम्भीर संकटमा फस्ने देखिएको छ । कुमारी आमा भनेर चिनिने निहारिका राजपूतले अभिनेत्रीविरुद्ध उजुरी दिन लागेकी हुन् ।

    उनले आफ्नो निजी तस्बिरहरु विना अनुमति सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेको भन्दै मानन्धरविरुद्ध उजुरी दिने भएकी हुन् । शुक्रबार (आज) नै उनले करिश्माविरुद्ध साइबर क्राइमको मुद्दा हाल्न लागेकी हुन् ।



    करिश्माले आफ्नो चरित्र हत्या गरेको राजपुतको आरोप छ । योसँगै उनले आफू अनशन बसेको बेला अभिनेत्री मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् ।



    सरकारले निहारिकसँग गरेको सम्झौता पालना नभएको भन्दै दोस्रो चोटि आन्दोलन गर्दा करिष्मा मानन्धरले निहारिक र आरोपितसँगै रहेका केही तस्बिर सार्वजनिक गरिदिएकी थिइन् ।

    पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् । राजपुत, आफू १७ वर्षको हुँदा शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसैबाट जन्मेको छोरा २३ महिनाको छोरा हुँदा पनि न्याय नपाएको भन्दै लडाँई लड्दै आएकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार