Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यस्तो छ सरोज खनाल र करिश्मा मानन्धर स्टारर ‘बगान’ को ट्रेलर

    यस्तो छ सरोज खनाल र करिश्मा मानन्धर स्टारर ‘बगान’ को ट्रेलर

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 861
    SHARES

    काठमाडौं । अभिनेता सरोज खनालको निर्देशनमा बनेको फिल्म ‘बगान’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ ।

    बुधबार नेपाली वेबसाइट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रूपमा देखाईएको छ।



    फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ।



    फिल्ममा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र एकल महिलाको विवाहको प्रसंगलाई चित्रण गरिएको बताईएको छ । एकल महिलासँगको प्रेम गर्ने पात्रको भूमिकामा सरोजले अभिनय गरेका छन् ।

    स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो फिल्मबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन्।

    असार २९ गतेदेखि प्रदर्शन हुने फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार