Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • देशभरका एकल महिलाले चलचित्र ‘बगान’ निःशुल्क हेर्न पाउने

    देशभरका एकल महिलाले चलचित्र ‘बगान’ निःशुल्क हेर्न पाउने

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 939
    SHARES

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘बगान’ एकल महिलालाई निःशुल्क देखाइने भएको छ ।

    सिनेमाको कथावस्तु एकल महिलामा आधारित भएको र नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेको उल्लेख गर्दै सबैले यो चलचित्र हेर्न पाउन भन्ने उद्देश्यले निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको बताईएको छ ।



    फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ।



    फिल्ममा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र एकल महिलाको विवाहको प्रसंगलाई चित्रण गरिएको बताईएको छ । एकल महिलासँगको प्रेम गर्ने पात्रको भूमिकामा सरोजले अभिनय गरेका छन् ।

    असार २९ गतेदेखि प्रदर्शन हुने फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार