Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण : १०६ जनाले दिए प्रहरीमा उजुरी

    नक्कली भुटानी शरणार्थी प्रकरण : १०६ जनाले दिए प्रहरीमा उजुरी

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुल असुली गर्ने प्रकरणमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुल्ने उनीहरुलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ ।



    नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतका अनुसार अझै थप केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी गरि खोजी भइरहेको छ ।



    विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन् ।

    उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि जिल्ला प्रहरी परिसरले अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

    घटनाको अनुसन्धान बुधबार काठमाडौं जिल्ला अदालतले टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप र पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकलाई पक्राउ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार