Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • उच्च अदालतले दियो ‘कुमारी आमा’ निहारिकाको मुद्धाका आरोपित झिकाउन आदेश

    उच्च अदालतले दियो ‘कुमारी आमा’ निहारिकाको मुद्धाका आरोपित झिकाउन आदेश

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । आफूमाथि बलात्कार भएको र बच्चासमेत जन्मेको दाबीसहित काठमाडौंको वसन्तपुरमा अनशनरत निहारिका सिंह राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले आरोपितलाई झिकाउन आदेश दिएको छ ।

    एक सातादेखि अनशन बसिरहेकी महोत्तरी जलेश्वरकी राजपुतको मुद्दामा बिहीबार उच्च अदालत जनकपुरले झगडिया झिकाउने आदेश गरेको हो । उच्च अदालतको संयुक्त इजलासले उनको मुद्दामा प्रतिवादीलाई बयान गर्न झिकाउने आदेश गरेको हो।



    निहारिकाले जिल्ला अदालत धनुषाको फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा ०७६ आश्विन २६ गते जबरजस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् ।



    सोही मुद्दामा न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले आरोपित क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउने आदेश दिएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए ।

    अदालतले आरोपित शिवराज श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन पत्र पनि पठाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार