Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काभ्रेका जिसस प्रमुख गौतमले तोडे अनशन, ३ दिनभित्र धुलिखेल सडक निर्माण सुरु गर्ने सहमति

    काभ्रेका जिसस प्रमुख गौतमले तोडे अनशन, ३ दिनभित्र धुलिखेल सडक निर्माण सुरु गर्ने सहमति

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 507
    SHARES

    काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेका संयोजक दीपक गौतमले अनशन तोडेका छन् ।

    सडक कार्यालय र ठेकेदारसँग पाँच बुँदे सहमति भएपछि गौतमले अनशन तोडेका हुन् । उनले धुलिखेल खावा सडक निर्माण तत्काल सुरु गर्न माग गर्दै शुक्रबार अनसन सुरु गरेका थिए ।



    सडक डिभिजन कार्यालय भक्तपुर र ठेकेदार गौरी पार्वती निर्माण सेवाले १५ फागुनसम्म कम्तीमा १०० जना जनशक्ति, ४ वटा एक्साभेटर, ६ वटा टिपर, अन्य आवश्यक जनशक्ति, मेसिन र निर्माण सामग्री साइटमा परिचालन गरी निर्माण कार्यलाई तीब्र बनाउन सहमत भएका छन् ।



    अबको ३ दिनभित्र निर्माण कार्यलाई द्रुत गति नदिए सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने र तयसमा ठेकेदार कम्पनीले उजुरी गर्न नपाउने लगायतका सहमति भएको छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार