Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सत्ता गठबन्धनमा विश्वासको संकट

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति साझा पद भएको भन्दै राष्ट्रिय सहमतिका लागि प्रयास गर्नुपर्ने धारणा गठबन्धन बैठकमा दोहोर्‍याएका छन् ।

राष्ट्रिय सहमति कायम भए धेरै राम्रो हुने भन्दै त्यसका लागि प्रयास गर्नुपर्ने प्रस्ताव दाहालले गरेका थिए । तर एमाले अध्यक्ष ओलीले पुस १० गते नै राष्ट्रपतिसहितका विषयमा सहमति भइसकेको जनाउँदै आफ्नै पुरानो कुरा दोहोर्‍याएका थिए ।

पूर्वसहमतिविपरीत दलहरू प्रस्तुत हुँदा एमाले नेतृत्वमा गठन भएको सुदूरपश्चिम सरकार ढलेको भन्दै विश्वासको सङ्कट बढेको धारणा राखेका थिए ।

प्रतिनिधिसभाको बैठकपछि एमाले अध्यक्ष ओलीले गठबन्धन सरकारबारे संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'हेर्दै जाऊँ ।' पूर्वसहमतिअनुसार माओवादी एमाले उम्मेदवारलाई सहयोग गर्ने पक्षमा नरहेको बुझेका ओलीले शुक्रबार नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग कुरा गरेका छन् ।

ठाकुरलाई माओवादी केन्द्रसहितका दलले राष्ट्रपतिमा अघि सार्न सक्ने बुझेका ओलीले सोहीअर्न्तगत कुरा गरेको स्रोतको दाबी छ । यद्यपि राष्ट्रपतिमा एमालेका तर्फबाट संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केशव बडाल, अष्टलक्ष्मी शाक्यसहितका नेताका नाम चर्चामा छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077