Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेप्रति इंगित गर्दै माधव भन्छन् - राष्ट्रपतिमा को–को ‘सेन्टिफ्ल्याट्’ खाने हो थाहा छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेकपा एमालेप्रति इंगित गर्दै यस्तो बताएका हुन् ।

पार्टीभित्र धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिइएकाले एमालेका नेताहरू दंग परेको उनको भनाइ छ । आश्वासन दिइएका व्यक्तिलाई एमालेले अन्तिममा ‘सेन्टीफ्ल्याट’ खुवाउने उनले बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरूलाई ‘देखाइदिएको’ पनि बताए । उनले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077