Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कैलालीबाट लागुऔषधसहित तीनजना पक्राउ

    कैलालीबाट लागुऔषधसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 537
    SHARES

    कैलाली । कैलालीमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।

    प्रदेश प्रहरी कार्यालय धनगढीको आरआईटी टोली र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वर्ष ६२ का गगने धामी, वर्ष २३ की निर्मलाकुमारी रावत र वर्ष २४ का राजन हमाल रहेका छन् ।



    बझाङ घर भएका धामीको साथबाट चरेशजस्तो देखिने कालो बस्तु ४ केजी बरामत भएको प्रहरी जनाएको छ।

    यस्तै, कैलालीकी रावतको साथबाट ३ ग्राम १६० मिलीग्राम तथा सोही जिल्लाका हमालको घरबाट १ ग्राम ३४० मिलीग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको छ । पक्राउ परेका तीनै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार