Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कैलालीमा फरार भएका व्यक्तिको घरबाट कटुवा पेस्तोल र गोली बरामद

कैलाली । कैलालीमा प्रहरीले कटुवा पेस्तोल र एसएलआर बुलेट बरामद गरेको छ ।

जिल्लाको घोडाघोडी-११ स्थित विजय कठरियाको घरबाट पेस्तोल र गोली बरामद गरिएको हो ।

क्षेत्रीय अनुसन्धान समूह आईआरटी बाट विशेष सूचनाको आधारमा खटी गएको प्रहरी टोलीले ईप्रका सुख्खडको सहयोगमा खानतलासी गर्दा कठरियाको घरको बाहिर पट्टि रातो कपडाले बेरेर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र एसएलआरको गोली एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

बन मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले ९३ हजार ३३३ जरिवाना तोकिएका कठरिया फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077